काँचो चना खानुको फाइदा

इन्द्र कार्की
महेनद्रनगर,असार,२३

शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमा चना पनि एक प्रमुख हो । नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ । चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान सकिन्छ । चनालाई काँचो रुपमा खाँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आउनुहोस् आज नियमित चना खानाले शरिरमा पुग्ने फाइदाहरु वारेमा जानी राखौँ ।
 चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपुर्ण हुन्छ ।
 रातभर भिजाएको चनामा अदुवा,नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।
 चनामा कार्बोहाइडेट,प्रोटिन,क्यालसियम,म्याग्नेसियम लगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शररिलाई उर्जा प्रदान गर्छन ।
 चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
 एक देखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ ।
 डायबेटिज हुन पाउदैन, भएको छ भने चनाले फाइदा पुर्याउँछ ।
 चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।
 रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
 चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
 रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । उसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोविनको मात्रा बढाउछ ।
 बाडुली लागेर हैरान भएको वेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
 चनाको वेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।
 नुहाउनु अघि चनाको बेसनमा दुध अथवा दहि मिलाई पेस्ट बनाएर अनुहारमा लगाउने र १० देखि १५ मिनेट पछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोर लगायत दाद आदि हराएर जान्छन् ।
 पिशाब आइरहने समस्या छ भने भुटेका चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसावमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।।