चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने कमल थापाको चेतावनी

काठमाडौं,पुस,२६-

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने भएको छ ।

बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न नहुने बताउनुभयो ।

उहाँले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय एकता दिन–प्रतिदिन संकटमा पर्दै गएको भन्दै अध्यक्ष थापाले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामासमेत आँच आउनसक्ने बताउनुभयो । ईमेजखबरबाट