नेपालगन्ज महोत्सवमा चन्द्र शर्मा र सम्झना लामिछानेले दर्शकलाई बेस्सरी नचाए

नेपालगन्ज,पौष,२७-

नेपालगन्ज महोत्सवको दोस्रो दिन शुक्रबार लोकदोहरी गायक चन्द्र शर्मा र गायिका सम्झना लामिछानेले दर्शकलाई झुमीझुमी नचाए।
चर्चित गीत बाच्छिले धान खायो भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक शर्माले भुरुरु उडेको चरी, चरिभए आउँथे उडेर लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।

त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सम्झना लामिछाने मगरले भने बनैमा फुल बसायो , घरमा पराल, फुलफुलेर पहेँलै भयो लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई नचाएकी थिइन। त्यस्तै नृत्य प्रतियोगिताको अडिसन पनि सुरु भएको थियो।

अडिसन दिन शुक्रवार जम्मा २६ जना प्रतियोगिले अडिसन दिएका थिए।साथै मेलाको तेस्रो दिन गायिका स्वरस्वती लामा, नेपाल आइडल सिजन १ का ट्प ६ प्रतिस्पर्धि सुरज थापा लगाएत नृत्य प्रतियिगिताको दोस्रो दिनको नृत्य अडिसन पनि हुने आयोजकले जनाएको छ।