टक्सार बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा बिरभान केसी चयन

नेपालगन्ज,पुस,२८-

शनिबार सम्पन्न टक्सार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले विरभान केसीलाई अध्यक्षमा चयन गरेको हो।
साधारण सभाले विभिन्न समिती पनि गठन गरेको छ।

उपाध्यक्षमा चिरन्जिवी वली, सचिवमा महेश्वर जोसी र कोषाध्यक्षमा भानुभक्त रेग्मी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा जनक तिमिल्सिना ,दामोदर खरेल र डम्बर बहादुर चन्द चयन भएका थिए।

लेखा समितिको संयोजक श्रीधर पौडेल ,सदस्यमा लोकराज देवकोटा र यज्ञराज जोसी रहेका छन भने बरिष्ठ सल्लाहकारमा ईश्वर प्रसाद पोखरेल , सल्लाहकारहरुमा श्याम बहादुर केसी र थानेश्वर पाण्डे चयन भएको टक्सार बचत तथा ऋण सहकारी संस्था लिमिटेड्ले जानकारी दिएको छ।