प्रधानमन्त्री प्रचण्ड पत्नीको अन्त्यष्टि आजै गरिने

काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ।

बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा ६९ वर्षीया पत्नी दाहालको निधन भएको हो। नर्भिक अस्पतालका डा. जगदीश जैसवालले अस्पताल ल्याईपुर्‍याउँदा उहाँको मुटुको चाल निकै सुस्त भईसकेको भन्दै बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको बताउनुभयो।

बिहान साढे ९ बजे प्रधानमन्त्री दाहालका निजी चिकित्सक डा. युवराज शर्माले प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री पत्नी दाहालको निधन भएको जानकारी दिनुभएको थियो।पत्नी दाहाललाई अस्पताल पुर्‍याएलगत्तै प्रधानमन्त्री दाहाल पनि अस्पताल पुग्नुभएको थियो। त्यसपछि अन्य मन्त्रीहरु पनि अस्पताल पुगेका थिए।

दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय कोटेश्वर लगिएको छ।लामो समयदेखि अर्धचेत अवस्थामा रहनुभएको प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो।