प्रधानमन्त्री प्रचण्डले १३ वर्षमा बुवा,छोरी,छोरा र पत्नीको साथ गुमाउन पर्यो

प्रधानमन्त्री दाहाललाई रोकिएन परिवारीक वियोग १३ वर्षम

काठमाडौं,असार,२७-जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार जना परिवार भित्रका सदस्य गुमाउनुपर्‍यो।सुरुमा बुवा त्यसपछि १० वर्षको अवधिमा जेठी छोरी, छोरा गर्दे पत्नीले साथ छोडे।

पारिवारिक बियोगका कारण आफूले राजनीतिक उतार चढाब व्यहोर्नु परेको स्वयं दाहालले व्यक्त गर्दै आउनुभएको छ।वनबासदेखि बालुवाटारसम्म साथ दिएकी पत्नीको निधनले उहाँ राजनीतिक जीवनमा अपूरणीय क्षति थपिएको छ।

पत्नी सीता दाहाल पौडेलको मृत्यु भएसँगै ६ सदस्यीय प्रधानमन्त्री दाहालको परिवार आधा भएको छ।पत्नी सीता, छोरी ज्ञानु र छोरा प्रकाश गुमाएसँगै अब प्रधानमन्त्री दाहाल दुई सन्तान रेणु र गंगामा सीमित हुनुभएको छ।२०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीताको १५ वर्षकै उमेरमा दाहालसँग विवाह भएको थियो।

२०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा आवद्ध सीता जिल्ला, क्षेत्र हुँदै उहाँ माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहनुभयो।उहाँ पछिल्लो समय माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार पदमा हुनुहुन्थ्यो।माओवादी सशस्त्र विद्रोहमा गए लगत्तै २०५२ बाटै उहाँ पनि सन्तानसँगै भूमिगत हुनुभयो।

लामो समयको जनयुद्धमा जोगाएको परिवारमा शान्तिप्रक्रियामा आएसँगै प्रधानमन्त्री दाहालले बुवा गुमाउनु पर्‍यो।यही अवधिमा माओवादीले सुरु गरेको संसदीय राजनीतिमा संविधान सभाको पहिलो चुनावमा माओवादी पहिलो पार्टी बन्न सफल रह्यो।

२०७० चैत्र १३ गते दाहालले जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भयो।त्यसपछि पत्नी सीता दाहालमा पार्किन्सन रोगको लक्षण देखिन थाल्यो।आमा बिरामी हुन थालेपछि नै सचिवालय छोडेर कान्छी पत्नी बिना मगरसँग बसेका छोरा प्रकाश घर फर्केर आमाको स्याहार गर्न थाले।

छोराको खुशीका लागि सीताले कतिपय अवस्थामा पार्टी र परिवारभन्दा माथि उठेर बचाउ गर्नुहुन्थ्यो।२०७४ मंसिर १० र २१ गते प्रतिनिधि सभाको चुनाव मिति तय भएसँगै एमाले र माओवादीले चुनावी तालमेल गरे।चुनाव प्रचारमा बुवासँगै प्रकास पनि खटिएका थिए।

तर, चुनाव आउन एक हप्ता बाँकी हुँदा २०७४ मंसिर ३ गते सुतिरहेको बेला मृत्यु भयो।छोराको मृत्युपछि सीतामा झनै पीडा थपियो।छोरीको देहान्तबाट मानसिक तनाव व्यहोरिरहनुभएकी सीता प्रकासको मृत्युसँगै विक्षीप्त बन्नुभएकी सीता त्यसपछिका दिनहरुमा न त स्वस्थ रहन सक्नुभयो, न त खुसी नै।श्रीमतीको पीडा देख्न नसकेर दाहाल परिवार लाजिम्पाटको निवास छोडेर ललितपुरको खुमलटार सर्‍यो।

त्यसपछिका हरेक दिन सीताका लागि कष्टकर बन्दै गए।सीता थला परेको निकै लामो समय भइसकेको थियो।उहाँ दुई वर्षयता अचेतजस्तै हुनुहुन्थ्यो।भावनात्मक मात्र नभई राजनीतिक सहयात्री भएर पतिको सफलतामा आफूलाई विगत साढे पाँच दशकदेखि समर्पित रहनुभयो।

अझ मुलुकको कार्यकारी तहमा पुगेका पतिको छवि विगार्न परिवारका सदस्य खासगरी पत्नीले गलत भूमिका खेलेका चर्चाबीच राज्य सञ्चालन प्रक्रियामा उहाँको अरुचि साँच्चै अनुकरणीय रह्यो।ईमेजखबरबाट