भर्ना छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद

बाँके,फागुन ३-नेपाल बिद्यार्थी संगठन इकाई कमिटी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले भर्ना लिन छुटेका बिद्यार्थीहरु तत्काल भर्ना लिन क्याम्पस प्रशासनलाई दबाद दिएको छ । बिद्यार्थी हकहितका लागि लड्दै आएका अन्य बिद्यार्थी संगठनहरुले स्नातक दोश्रो र तेस्रो बर्षका लागि भर्ना छुटेका बिद्यार्थीहरुको भर्ना प्रक्रियामा अबरोध पुर्याएका कारण नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसले घोर आपत्ति प्रकट गरेको छ ।

अन्य बिद्यार्थी संगठनको लहैलहैमा लागेर क्यम्पस प्रशाशनले बिद्यार्थी भर्नामा हेलचक्र्याई गरेका कारण धेरै जसो बिद्यार्थीहरु भर्ना हुन बाट बन्चित बनेको नेविसंघले जनाएको छ । नेविसंघले यथासिघ्र क्याम्पस प्रसाशनलाई छुटेका बिद्यार्थीहरुको भर्ना गर्न दबाब दिदै भर्ना नलिए नेविसंघ द्वारा गरिएको तालाबन्दी अनिश्चितकालका लागी जारी राख्ने महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाई समतिका सचिब चन्द्र प्रकाश देवकोटा बताउनुभएको छ ।