निर्वाचनपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्छ : अर्थमन्त्री महरा

काठमाण्डौ,फागुन ३-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचनपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताउनु भएको छ । गरिबी निवारण कोषको आगामी रणनीतिमा महिलाको आर्थिक क्षेत्रमा सहभागीता अभिवृद्धि विषयक गोष्ठीको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री महराले तीन वटै तहको निर्वाचनपछि मुलुक समृद्धतर्फ अघि बढ्ने बताउनु भएको हो ।

आर्थिक समृद्धिका लागी राज्यको हरेक अंगमा महिलाको सहभागीता बढाउनुपर्ने भन्दै मन्त्री महराले महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो  । गरिबी निवारणका लागि ग्रामिण क्षेत्रमा कर्जा प्रवाह आवश्यक रहेको उनको भनाई थियो । गरिबी निवारण कोषका निर्देशक नहकुल केसीले गरिबी निवारण कोषको संरचनामा परिर्वतन आवश्यक रहेको भन्दै कोषले सामाजिक, आर्थिक क्षेत्रको रुपान्तरणमा काम गरी रहेको जानकारी दिनुभयो  ।