जनता समाजवादीले ३ जना मन्त्री फेर्दै

काठमाडौं,आषाढ,२०-जनता समाजवादी पार्टी (जसपा) ले नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस गरेको छ ।

जसपाले केही दिनअघि नै सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्ने निर्णय गरेको थियो।हाल रहेका चार जना मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठको मन्त्रालय फेरेर कायमै राख्ने र तीन जना नयाँ नाम सिफारिस गरेको हो ।

नयाँ मन्त्रीहरूमा इस्तियाक राइलाई भौतिक पूर्वाधार मन्त्री, मृगेन्द्रकुमार सिंहलाई कृषि तथा पशुपन्छी मन्त्री र प्रदीप यादवलाई वन मन्त्रीमा सिफारिस गरिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने नयाँ नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइ सकेकाले कुनै पनि बेला नयाँ मन्त्रीहरू नियुक्त हुनसक्ने बुझिएको छ ।

पार्टी विभाजनको संघारमा पुगेको बेला आफू निकटका व्यक्तिहरूलाई सरकारबाट फिर्ता बोलाएर डा.बाबुराम भट्टराई निकटका व्यक्तिहरुलाई समेटेर मन्त्री बनाउन लागिएको हो ।