रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग राख्दै वीरगंजमा प्रदर्शन

वीरगंज,आषाढ,२०-विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ।
 
रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।
 
र्यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारवाही गर जस्ता चर्को नारा लगाएका थिए । 
 
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका  थिए ।
 
साथै मदरसा शिक्षालाई बढावा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहयोग गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको समेत पुतला दहन गरिएको थियो।
 
परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई रोहिंग्या एवं मुस्लिम संगठनहरुको संकास्पद गतिविधि सन्दर्भमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको   छ ।