भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं,चैत्र,२६-सरकारले (भोलि) आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले भोलि रामनवमीको दिन देशभर सार्वजनिक बिदा हुने जनाएको हो।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।