पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान चल्दै

काठमाडौं,चैत,२६-पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि “शनिबार” अहिले मतदान चल्दै छ ।

३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । जसमा बिपक्षी दलका सासंदको संख्या १ सय ९९ रहेको छ ।

अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदले हस्ताक्षर गरेका थिए ।

सन् २०१८ मा सत्ता सम्हालेपछि खानले यस्तो चुनौती सामना गर्दै आउनुभएको छ ।

खानको विरुद्ध गठबन्धनमा उहाँलाई समर्थन गरेका केही दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरको खण्डमा खान पदमुक्त हुनुहुनेछ । ३ सय ४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यक पर्छ । तर, विपक्षीले त्यो भन्दा बढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन् ।

खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले नेतृत्व गरेको विपक्षीको र्‍याली भएको थियो । जहाँ हजारौं सहभागीले प्रधानमन्त्री खानविरुद्ध नाराबाजी गरेका थिए ।