रोनाल्डोको सानदार दुई गोलमा युभेन्ट्सको जित

एजेन्सी,माघ,१९-साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ ।आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले थप एक गोल गरे ।

थप भिडीयो 

खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुन: पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २२ खेलमा ५४ अंक जोडेको छ । जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक रहेको छ । २५ अंक जोडेको फियोरेन्टिना १४ औं स्थानमा रहेको छ ।