नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता,यी विषयमा भयो कुराकानी

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता, यी विषयमा भयो कुराकानी
भेटवार्ताका क्रममा नेपाल र भारतका परराष्ट्रमन्त्री

काठमाण्डौं,चैत्र,१५-परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलवार भेटवार्ता गर्नु भएको छ।

बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकका क्रममा खड्काले भारतीय समकक्षीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता गर्नु भएको हो।बिमस्टेक बैठकको साइडलाइनमा दुई परराष्ट्रमन्त्रीबीच वार्ता भएको हो। 

यो वार्तामा यही चैत १८ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भेटबारेमा एस जयशंकरले पनि पुष्टि गर्नु भएको छ। उहाँले कनेक्टिभिटी, ऊर्जा, रासायनिक मल, स्वास्थ्य र बिजुलीमा आपसी सहयोगबारे कुरा भएको जानकारी दिनुभयो। 

दुई समकक्षीबीचको भेटमा रामायण सर्किटको प्रगतिबारे ध्यान दिने विषयमा पनि सहमति भएको जयशंकरले उल्लेख गरेका छन्। 

यो बैठकलाई प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्दैछन्।गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवा ती नदिने औपचारिक भ्रमणका क्रममा पहिलो पटक भारत जाँदैहुनुहुन्छ ।