सुनसरी ३ मा कांग्रेस नेता गच्छदार विजयी

गच्छदारको छैटौं पटक जित

सुनसरी, मंसिर,२७-

प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ ।

गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मार्नु भएको हो । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गर्नुभयो ।

गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आउनु भएको छ । नेपाली नेताहरुमा ६ वटै निर्वचन जित्ने उहाँ दोस्रा नेता हुनुहुन्छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि ०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्दै आउनु भएको छ ।