पुरैनीमा ५ दिने महिला समूह च्याउ खेती तालीम शुरु

बाँके,चैत्र ३-
नेपालगंज उपमहानगरपालिकाको आयोजनामा तथा जयपृथ्वी सामुदायीक सिकाई केन्द्र कारकाँदोको सहजीकरणमा वडा नं २२ स्थित पुरैनीमा ५ दिने महिला समूह च्याउखेती तालीम आजबाट शुरु गरिएको छ । पुरैनी वडा नागरिक मञ्चका अध्यक्ष शिवकुमार वर्माको सभापतित्वमा सञ्चालीत उक्त कार्यक्रममा प्रमुख अतिथी नेपालगंज उपमहानगरपालीकाका सामाजीक परिचालन शाखाका प्रमुख शाखा अधिकृत कृष्ण जोशी रहनु भएको थियो ।

उहाँले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै गरीबी निवारणमा अहिले महिलामा आकर्षण बढेको बताउनुभयो । जोशीले कार्यक्रममा महिलाको सहभागिताले टेवा पु्रयाएको र च्याउखेती सरल माध्यम भएकोले यसमा सबैको सहयोग र तालीमबाट प्राप्त ज्ञानलाई ब्यवहारमा उतार्नु सकारात्मक भएको बताउनुभयो । यस्ता नमुना सिकाई केन्द्रमा अध्यक्ष तारा खनाललको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा पुरैनीका २५ जना महिला समुहको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति विद्याराम वर्मा नेकपा एमालेका वडा अध्यक्ष खिमबहादुर आले राप्रपाका वडा उपाध्यक्ष गुरुद्धिन यादव र तालिमका प्रशिक्षक कृषि सेवा केन्द्र उदयपुरका वृजमोहन प्रसाद चौधरीले शुभकामना मन्तव्य राख्दै सफलताकोकामना गर्नुुभयो । उक्त कार्यक्रमको संचालन सिकाई केन्द्रकी सुनीता विष्टले गर्नु भएको थियो ।