वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु

मधुपौडेल,
बाँके,चैत्र ३-
नेपाल सरकार तथा श्रम  तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र  नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी  सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस भवन वर्दियामा  एक महिने नि शुल्क सुरक्षागार्ड तालिमको उद्घाटन भएको छ ।

तालिमको प्रमुख अतिथिमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगंज भेरी अञ्चलका प्रमुख जेन्टील गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्वमा सुभलाभ सेक्युरीटी सर्भिसेज प्रालि नेपालगंजमा एमडि पे्रम बहादुर खड्का रहनु भएको थियो ।कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, प्रत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

उक्त तालिमा दुई वडा गरी ५६ जनाको सहभागिता रहेको छ ।सो कार्यक्रममा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगंज भेरी अञ्चलका जेन्टील गौतम , पताभार गाविसका सचिव दिपेन्द्र कुमार विसी, एक प्रिय माविका प्रचार्य केदार वर्मा, पर्यटन पत्रकार संघ बाकेका सचिव मधु पौडेल , विभिन्न राजनितिक दलका प्रतिनिधि लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण शुभलाभ सेक्युरीटी सर्भिसेज प्रालिका नारायण हुगाईले गर्नु भएको थियो ।