काठमाडौं,फागनु,२३-नेकपाको दाहाल-नेपाल समूहले प्रतिनधि सभाको बैठक बहिष्कार गरेको छ ।
पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो ।
बैठकबाट बाहिरिनुपूर्व उक्त समूहका सांसद भीम रावलले सभामुखले सहमति विपरित सदन चलाउन खोजेको भन्दै त्यस्तो भए बैठक बहिष्कार गर्ने जनाउनुभएको थियो ।
रावलले बोलेलगत्तै सभामुखले बैठक सुचालु गर्न खोज्दा आपत्ति जनाउँदै पूर्वप्रधानमन्त्री एवं सांसदहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरु बाहिरिएका थिए।