ससंद विघटनको प्रभाव शेयर बजारमा, एकैदिन नेप्से ४.७७ % घट्यो

९ अर्बभन्दा बढीको शेयर खरीदविक्री

फाईल तस्विर !!

काठमाडौं,पुस,५-ससंद विघटनको प्रभाव आइतवार शेयर बजारमा पनि परेको छ ।आइतवार नेप्से परिसूचक  १ हजार ९३५ दशमलव ६३ विन्दुमा पुगेको छ ।अघिल्लो कारोबार दिनको तुलनामा ९६ दशमलव ८८ अंक अर्थात् ४ दशमलव ७७ प्रतिशत कमि आएको हो ।

यस दिन १९८ ओटा कम्पनीको रू. ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५४७ बराबरको शेयर खरीदविक्री भएको हो । सबैभन्दा बढी युनाइटेड इदी मर्दी कम्पनीको शेयर मूल्य ९ दशमलव ८० प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको कारोबार आइतवारदेखिनै दोस्रो बजारमा शूरु भएको हो ।

दोस्रोमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर मूल्य ७ दशमलव ८१ प्रतिशत वृद्धि भएको हो । कारोबारमा आएका ११ ओटा समूहको परिसूचक घटेसँगै नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ४ दशमलव २८ प्रतिशत घटेको हो । 

आइतवार सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य  १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २८७ मा झरेको हो । त्यसैगरी दोस्रोमा नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत घटेको छ ।

सर्वाधिक करोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।कम्पनीको रू. १ अर्ब ६ करोड ८४ लाख भन्दा बढीको शेयर खरीद विक्री भएको हो । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ७८ करोड ९९ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो ।

आइतवार अपरान्ह संसद विघटनको प्रभाव शेयर बजारमा परेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ससंद विघटनको सिफारिस गरेपछि र त्यसलाई राष्ट्रपतिले लगत्तै अनुमोदन गरेसँगै शेयर बजार घटेको हो।राजनीतिक उथलपुथल आएसँगै लगानीकर्ताहरुले आत्तिएर शेयर बेचेसँगै शेयर बजार घटेको देखिन्छ । आर्थिक अभियान !!