तराईमा आज होली मनाईंदै

काठमाडौं, फागुन ३०-

आज तराईका जिल्लामा  धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।

होली मनाइने तराईका जिल्लाहरुमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने आइतबार होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौं सहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक रहेको छ ।