सुचना र मानव अधिकार अुनसन्धान केन्द्रको होली मिलन कार्यक्रम सम्पन्न

मधुपौडेल
बाँके,फागुन २९-
सामाजिक सदभावको पर्व होली २०७३ लाई भिन्न रुपले पनि मनाउन सकिन्छ भन्ने कुराको उदाहरण नेपालगज बाकेका सम्पन्न एक होली मिलन तथा अन्तर घुलन कार्यक्रमले गरी देखाएको छ । युएनडिपी तथा सुचना र मानव अधिकार अुनसन्धान केन्द्र नेपालगंजको संयुक्त आयोजना तथा एक दर्जन अन्य संघसंस्थाको समुन्वयमा  भएको उक्त कार्यक्रममा कविहरुले आफ्ना कविता बाट होलीको शुभकामना दिएका थिए ।

प्रयाः होलीलाई रङ बाटै सुरु गरीने हाम्रो परम्परालाई थाती राख्दै होलीको पर्वमा विभिन्न धर्मगुरुहरुको माझमा रही होली पर्वको शुभकामना दिएको थियो । सुचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगंज का अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी माननीय उच्च अदालत बार नेपालगंज इजालसका  वरिष्टम न्यायधीस सारङगा सुवेदी रहनु भएको थियो ।

कार्यक्रमको अतिथिमा न्यायधीसहरु वीर बहादुर डागी ,न्यायधिस रमेश राज भण्डारी ,लेख नाथ पौडेल ,गणेश  प्रसाद वराल तथा जिल्ला न्यायधीस तेजनारायण पौडेल ,कमल प्रसाद पोख्रल लगाएको उपस्थिति रहको थियो । कार्यक्रममा बोल्दै उच्च अदालत बार नेपालगंज इजालसका सुवेदीले होली पर्व भनेको आपसी सदभावको पर्व भएको हुदा  यसलाई सदभावको रुपले मनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमा बोल्दै जिल्ला प्रशासन कार्यलय बाकेका प्रमुख पन्थले होलीलाई आपसी सदभावको रुपमा मानउन पर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रममा समाजिक सदभावमा विषेश योगदान पु¥याए वापत चार जना धर्मगुरुहरु र युएडिपीका सतिश पाण्डे तथा सामाजिक अभियान्ता डा विनोद कर्णलाई दोसल्ला तथा प्रमाण प्रत्र प्रदान गर्नु भएको थियो भने प्रमाण  जिल्ला प्रशासन कार्यलय बाकेका प्रमुख रविलाल पन्थले प्रदान गर्नु भएको थियो ।

कार्यक्रमा होलीको शुभकामना तथा समाजिक सदभावका विषयमा रचीयका कविता वाचन गरीएको थियो । कविता नेपालगंजका कविहरु सचिदानन्द चौबे ,असफाक संघर्ष, श्यामनन्द सिंह, अब्दुल लतिफ सौक, अली हुसेन फैजी , मुस्तफा अहसन कुरैसी , मधई सिंह सरदार ,नसीम रसुल हासमी , र पण्डित शिव प्रसाद पाठक ले बाचन गर्नु भएको थियो ।

कार्यक्रमा नेपालगंज उद्योगवाणिज्य संघ बाकेका अध्यक्ष नन्दलाल बैश्यले स्वागत मन्तव्य दिनु भएको थियो भने आईएचआरसिका राकेश कुमार मिश्रले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण गरी नेपालगंज एफएमले सहयोग गरेको कुरा आइएचआरसीका मिश्राले जनाकारी गराउनु भयो ।