
काठमाडौं,असोज,१९-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने बताउनुभएको छ।
पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले आज शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेकपा (माआवादी केन्द्र) को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने अध्यक्ष दाहालको बताउनुभयो।
अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा जितेर माओवादी केन्द्रले एक्लै निर्वाचन जित्नसक्छ भन्ने सन्देश दिनेगरी त्यसको तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो।उहाँले आगामी निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी समेत गर्नुभयो।
“उहाँले भन्नुभयो” प्रतिक्रियावादीहरुले अहिले माओवादीको संख्या घटेको छ,सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए।
अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर। यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ।”
अध्यक्ष दाहालले वर्तमान सरकार जनताको सेवाको लागि नबनेको भन्दै त्यसप्रति जनताले आशा गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो।