आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरि मनाईदै

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरि मनाईदै
फाईल तस्विर: सामाजीक संजाल गुगलबाट साभार

काठमाण्डौं,असोज,२०-हिन्दु नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज आईतवारका दिन कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ।

शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ।कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ।

कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको धार्मिक विश्वास छ।

कुष्माण्डाको अर्थ कुभिण्डो हो।आज कुभिण्डो फललाई कुष्माण्डा माताको प्रतिक मानेर पूजाआजा गर्ने चलन रहिआएको छ।देवीले उष्ण रक्तसमूहको मानव, चराचुरुङ्गी, सर्पलगायत प्राणीको सिर्जना गरेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ।

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आरधना गरेमा ज्ञान प्राप्त हुनुका साथै कुनै पनि प्रकारका वाणीमा रहेको दोष हट्ने मान्यता छ।कुष्माण्डा देवीको पूजाआजाबाट ढिलो वाक्य खुल्ने बालकहरूका लागि उपयोगी हुने विश्वास छ। आजै मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास रहेको छ।