दजर्नौ लोक संगितका शब्द सर्जक टुक सारु मगर चर्चामा

काठमाण्डौं, फागुन ३- मान्छेहरु यताको उता,उताको यता हामी जहाँ रहेपनि हाम्रो देश नेपाल अनि यहाँको धर्म सँस्कृती जहाँको त्यही रहन्छ । यहि क्रममा प्युठान जिल्ला हङ्सपुर ढाबमा जन्मनु भएका शब्द सर्जक टुक सारु मगर नेपाली मौलीक लोक संगितका  दजर्नौ गितमा लय शब्द भर्दै चर्चामा आउनु भएको छ । उहाँ अहिले साउदीलाई कर्म थलो बनाउदै आउनु भएको छ ।

उहाँले साउदी लाई कर्म थलोको रुपमा बनाउदै आउन लाग्नु  भएको पनि ८ वर्ष भईसकेको छ । उहाँ नेपाली मौलीक लोक संगितलाई अत्यन्तै माया गरेकै कारण र बेला बेला फुर्सदको समयमा दर्जनौ गितमा शब्द भरेकै कारण उहाँको नेपालमा चर्चा भईरहेको छ । उहाँले लय शब्द संकलन गरेका गित अहिले बजार र युटुबमा हेर्न र सजिलै सुन्न सकिन्छ ।

Tuk Saru Magarयो आफुले गरेको काम दर्शक अनि स्रोतामाझ बजारमा सफलता पुर्वक उतार्नु नै आफ्नो सफलता रहेको उहाँले बताउनु भएको छ । उहाँले पहिलो गित “झिम झिम आँखा झिम्काई देउ सानी “बोलको गितमा लय शब्द संकलन गर्नुभाको गितको बोलमा भने राज जी खाँण र मुना थापा मगरले स्वर दिनुभएको थियो । यो गित प्रीयसी म्युजिक बाट बजारमा सर्वत्र रुपमा उतारिएको थियो ।

यस्तै  झाई पार्ने  हो यो “आउँदो हिउँदमा,अर्घाखार्ची घर एल्बम,बिच बाटोमा छोडेर गाको” बोलको गितमा लय शब्द रहेको थियो भने आसा गोले को प्रस्तुतीमा पुष्कल शर्मा र सन्ध्या थापाको स्वर रहेको थियो । यस्तै “मेरो माया भो भारी,साले जो मन मिले माया लाउ “बोलको गितमा पनि लय शब्द उहाँले नै लेख्नु भएको थियो । उहाँले गर्नु भएको लय शब्द संकलनको गित अन्य म्युजिक कम्पनी बाट बजारमा आएको छ ।

उहाँको लय शब्दमा रहेको तिज गित “मेरै मायाजाती” बोलको गित बिशाल फिल्मबाट पनि आएको छ ।  यस्तै श्री नगर म्युजीकबाट “पुगे मत अन्तीम सासमा” बोलको गित यसैगरि सुनछहारी म्युजिकबाट “बोल्नै लजाउछु” बोलको गित पनि उहाँले गर्नु भएको लय शब्दका गितहरु बजारमा धमाधम आईरहेका छन् । उहाँका अनुसार उहाँ अझै नेपाली मौलीक लोक संगितलाई जगाई राख्नको लागि सात समुद्र पारी रहेपनि आफु लागि परिराखेको बताउनुभयो ।