नेपालगन्ज,फाल्गुन,२३-
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन १९ गते देखि २९ गते सम्म लाग्ने प्रादेेेशिक महोत्सवको पाँचौ दिन बिहिबार चर्चित लोकपप गायक सज्जन धामिले दर्शकलाई नचाउँनुको साथै भरपुर मनोरन्जन दिएका छन।
देउडा गीत जन्त घन्काउली गाउँदै स्टेज उक्लेका गायक धामीले चर्चित गीत चुरोट सल्काउने, रौँसी पिउने हो लगाएतका कतिव आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई उफारेका थिए। गायक धामीले गाउँदा दर्शकहरुले अत्याधिक साथ समेत दिएका थिए।
महोत्सवको छैठौँ दिन भोलि शुक्रबार चर्चित गायक पशुपती शर्मा, मेक्सम खाती,यम बराल, गायिका कला पंगेनि लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।
साथै आयोजकका अनुसार फाल्गुन १९ गते बाट सन्चालन भएको महोत्सव फाक्गुन २९ गते सम्म सन्चालन हुनेछ।






