मुद्धा दायर पछि छनौट प्रतियोगिता स्थगित

नेपालगन्ज,फाल्गुन,२४-
राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत काम गरेको भन्दै मध्यमपश्चिम क्षेत्रीय खेलकुद विकास समिति हाल प्रदेश नंम्वर ५ का अध्यक्ष भिम ओली सहित ४ जना विरुद मुद्धा दायर गरिएको छ ।

उच्च अदालत नेपालगन्जमा ओली सहित कार्यालय प्रमुख,विष्णु शर्मा,बाँके जिल्ला अध्यक्ष आंतक बस्नेत लगायत लाई बिपक्षी बनाई मुद्धा दायर गरिएको हो ।

वषौँ देखि नेपाल तेक्वान्दोे संघ र राष्ट्रिय तेक्वान्दो संघ नेपाल विच विवाद रहेकाले सो खेलको छनौट प्रतियोगिता नगर्न जारी भएको परिपत्र विरुद्ध काम गर्ने ओली सहित ४ जना लाई मुद्धा दायर गरिएको हो ।

राखेपका सदस्य सचिव केशव कुमार विष्टले दुवै संघहरु अस्तित्वमा रहेकाले आवश्यक छलफल नगरे सम्म जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता गर्न नसकिने पत्र ५ ओटै सबै क्षेत्रीय खेलकुद विकास समिति,आठौँ राष्ट्रिय खेलकुद सचिवालय र ७७ जिल्ला खेलकुद विकास समितिलाई पठाएपनि क्षेत्रीय अध्यक्ष ओलीले त्यो निर्णय नमानेर प्रदेश ५ का १२ जिल्लामा खेलाडी छनौट गरेका थिए ।

दुई संघ विचको विवादका कारण देशभरी कुनै जिल्लामा तेक्वान्दो खेलाडी छनौट नभए पनि बाँकेमा मध्मयपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीको ठाडो मौखिक निर्देशनमा जिल्ला प्रशिक्षकले खेलाडी चयन गरेपछि बाँकेमा विवादले उग्ररुप लिएपछि प्रशासन हुदैँ अदालतको बाटो सम्म पुगेका छन्।

राखेपको २०७५ कात्तिक २७ गते सदस्य सचिव केशव कुमार विष्टको पत्र अनुसार बाँके विवाद रहेकाले तेक्वान्दो खेलाडी छनौट गरेको थिएनन् । फागुन १३ गते क्षेत्रीय अध्यक्ष भिम ओलीले बाँके जिल्ला खलकुद विकास समितिको नाममा पत्र काट्दै खेलाडी छनौट गर्न निर्देशन दिएका छन् ।

तर संघको उपस्थिति समन्वय विनानै बाँकेमा प्रशिक्षकले खेलाडी छनौट गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले पनि विवाद ,समस्या समाधान र सकजीकरण समिति गठन गरेको थियो ।

जसमा राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयका सह सचिव अणप्रसाद न्यौपाने र खेलकुद विकास विचाग प्रमुख कुल वहादुर थापा मगरलाई तोकेको थियो । समितिले अहिले सम्म विवाद सामाधान को वारेमा छलफल गर्दा समेत उपलब्धि हासिल भएको छैन् ।

बाँकेमा तेक्वान्दोको २२ जनाको कोटा रहेको छ । खेलाडी छनौट स्थल बाँकेको कौशिल्यनगर नगरमा केहि खेलाडी मात्र छनौट कार्यक्रममा भाग लिन गएका छन् भने अन्यले विवादका कारण छनौट वहिस्कार गरेका छन् । वहिस्कार गरेपछि ७ जना खेलाडी निर्विरोध छनौट भएका छन्।

उनीहरुले आफ्नो प्रतिस्प्रधी नि पाएनन् उनीहरुले छनौट रद्ध गर्न समेत माग गरेका छन् ।
यसैविच मध्यमपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले मुद्धा दायर भएको थाहा पाउन साथ छनौट प्रतियोगिता स्थगित गरेका छन् ।

चौतफी विरोध भए पछि ओलीले छनौट खेल स्थगित गरेको सूचना निकालेका छन् । उनले सो सूचना १२ ओटै जिल्लामा पठाईसेका छन् । तेक्वान्दो वारेमा जिल्लाका पत्रकारले प्रश्न सोध्न थालेपछि ओलीले फोन पनि उठाउन् छाडेका छन् ।

एक जना पत्रकारले भने – अरु वेला कल ब्याक गर्ने ओलीले अहिले फोन उठाउन छाडेका छन् । पत्रकार कमल न्यौपानेले अध्यक्षको फोन किन उठदैन् भनेर सार्वजनिक फेसवुकमा हालेका थिए । फोन नउठाउने अध्यक्ष ओलीले फेसवुकमा नै कमेन्ट लेख्न भएका छन् । उनले सो स्टाटस्मा कमेन्ट गरेका छन्।