ओखलढुंगामा अवैध सुर्ती बरामद

ओखलढुंगा,असोज,१३-

ओखलढुंगा सदरमुकाम बाट चार क्विन्टल भन्दा बढी अवैध सुर्ती बरामद गरीएकोे छ । जिल्ला प्रशासन कार्यालय र सिद्धिचरण नगरपालिकाको अनुगमन टोलीले स्थानिय व्यापारिहरुले विक्रिका लागि राखेको अवेध सुर्ती बरामद गरेको हो ।

सदरमुकामको एक स्थानियको घरमा लुकाई राखेको १६ र हटियाँमा विक्रिका लागि राखिएको पाँच बोरा सुर्ती बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद पौडेलले बताए । पौडेलका अनुसार २१ बोरामा चार क्विनटल भन्दा बढी परिमाणको सुर्ती बरामद गरिएको छ ।

सुर्ती व्यापारी मानेभन्ज्यांग गाउँपालिका–३ का धनपाल तामांग, मानेभन्ज्यांग–४ का मनिराज तामांग, ध्वजे तामांग साथै मानेभन्ज्यांग गाउँपालिका–६ का तिलक राई, शिवराम राई र गुजराम राईको साथबाट उक्त परिमाणको सुर्ती बरामद गरिएको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

तर अनुगमन टोलीले बरामद गरिएको अवैध सुर्ती व्यापारीलाई नै फिर्ता गरेको छ । सिद्धिचरण नगरपालिका वाड नं. १२ का वडा अध्यक्ष विनेदकुमार श्रेष्ठको रोहबरमा सुर्ती फिर्ता गरिएको हो । आईन्दा जिल्ला भित्र खुला रुपमा सुर्ती विक्रि वितरण नगर्ने शर्तमा विक्रेताहरुलाई सुर्ती फिर्ता गरिएको श्रोतले जनाएको छ ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद पौडेल, सिद्धिचरण नगरपालिकाका कानुन शाखा अधिकृत उमेश कार्की, प्रहरी निरिक्षक निरन्जन भट्टराई लगायत पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।