हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै

नेपाल्गन्ज, जेष्ठ ,३२-


बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ ।

फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन । उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन ।


गत मंसिर ७ गते भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दुईवटै मृगौला फेल भएको थाहा भएपछि उनलाई उपचारको लागि काठमाडौ र भारतको लखनउसम्म लगिएको थियो । नेपालगन्जको सोल्टी होटलमा सिकेको कुकको सिपलाई उनले सदुपयोग गर्न सकिरहेका छैनन । उनलाई हेर्दा लाग्छ उनी मृत्युलाई पर्खिरहेका छन ।

उनको दयनीय अवस्था भएकाले सबैमा उनले सहयोगको अपिल गरेका छन । दुबै मृगौला पिडित हेमन्तले प्लस टु सम्मको अध्ययन गरेका छन । भाइको स्याहारसुसार अहिले उनकी दिदी सुमित्रा सिंह ठकुरीले गर्दै आएकि छिन । सुमित्रा भाडामा बस्छिन । एउटा सटरमा सानोतिनो सिलाईकटाई गर्छिन ।

त्यही पसलबाट कमाएको केही पैसाले आफू र भाइ हेमन्तलाई खर्च गर्ने गरेको बताउँछिन । भाइको त्यस्तो दयनीय अबस्था देख्दा सुमित्रा भक्कानिदै भनिन् मेरो भाईलाई बचाइदिनुस । सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कार्तिक महिनामा पोखरा गएका थिए । गएको १७ दिन हुन नपाउँदै हेमन्तको घाँटी लगायत शरिरमा घाउ देखा पर्न थाल्यो ।

त्यसपछि हेमन्तले पोखरामा काम गर्न सकेनन । उनी कोहलपुर फर्किए । फर्किएपछि उनलाई भेरी अञ्चल अस्पताल नेपालगन्जमा डाइगोनोसिस गराइयो। डाइगोसिसपछि पत्ता लाग्यो हेमन्तको दुबै मृगौला फेल भएछन । परिवारमा निराशा छायो । हेमन्त पहिले जस्तो बोल्न सक्दैनन ।

उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। श्रीमती लगायत आमा बुवा सल्यानमा रहेको हेमन्त बताउँछन । हेमन्तले बिहे गरेको डेढ वर्ष भयो । उनलाई बचाउन गाउँलेले पहल समेत गरेका थिए । उनको बुवाले एउटा मृगौला दिए हेमन्त बाँच्न सक्ने बताइएको थियो । हेमन्त रुँदै भन्छन्, “बुवाले म मृगौला कुनै हालतमा दिन्न भन्नुभयो । त्यसपछी बाँच्ने आश हरायो । अहिले उपचार अनि मृगौला फेर्न आफुसंग पैँसा छैन । उपचार गर्नको लागि डाक्टरले १५ र २० लाख भन्दा सम्म लाग्छ भनेको हेमन्तको भनाई छ ।

आफू संग हजार छैन कसरी यत्रो पैसा ल्याउनु उनले भावुकहुदै भने, – ‘अब मृत्यु कुर्न बाहेक केही उपाय छैन ।’ सबैले सहयोग गर्दिए आफू पहिलेकै अवस्थामा फर्किन सक्ने उनी बताउँछन । उनले सबैलाई आर्थिक सहयोग गरिदिन समेत आगामी गरेका छन। उनकी दिदी सुमित्राले पनि आफ्नो भाइलाई बचाईदिन आग्रह गरेकी छिन। सुमित्रा रुँदै भन्छिन,“सबैले सहयोग गरिदिनु भयो भने मेरो भाइ बाँच्ने थियो ।

हेर्नुस भिडियो…