हाईस गाडीको ठक्करबाट एकजना बृद्ध महिला सिकिस्त घाईते

नेपालगन्ज,जेष्ठ,३१-
नेपालगन्ज देखि धनगढी तर्फ जादै गरेको हायस हिजो बिहीबार साझ नेपालगन्जक‍ो सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला सिकिस्त घाइते हुनुभएको छ ।

घाइते वृद्धक‍ो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ । घाइते वृद्धको नाम, थर केही नखुलेको अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदार नरेश कुमार डागीले बताउनुभयो ।

निज घाइतेलाई से १ ज ९७५ नम्बरको हायसले ठक्कर दिएको थियोे । हायसलाई जिल्ला प्रहरी कार्यालय वाकेले अाफनो नियन्त्रणमा लिएको प्रहरी हवलदार नरेश कुमार डागीले वताउनु भयो । अस्पतालका अनुसार घाइते महिला सिकिस्त रहेकी छिन् ।