बुटवलमा बम पड्काएर मतदाता तर्साउने काम

बुटवल,असार,१४-
बुटवलमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका केहि स्थानमा बम पड्काएर मतदाता तर्साउने काम गरेको हो ।

तर निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै रुपन्देही प्रहरीले भने थप सुरक्षा सतर्कता अपनाएको छ । खास क्षति नभएपनि आज असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको छ ।

पारि बुटवलमा रहेको काठे पुल नजिकै बम पड्केको बताइएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मुकुन्द मरासीनिले मध्य रातको १२ ः २५ मा बम पड्केको भन्दै ठूलो घटना नभएको बताउनुभयो ।

यसैगरि रुपन्देहीको रामापुरमा काँग्रेसका पूर्व जिल्ला सदस्य लक्ष्मण ज्ञवालीको घरमा पेट्रोल बम प्रहार भएको छ । राती पौने ११ बजे उक्त घटना भएको हो