एलपी ग्यासको मूल्य घटेपछि व्यवसायीद्धारा कृत्रिम अभाव सिर्जना

बाँके,माघ १-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएपछि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका छन् । आयल निगमले गत माघ १९ गते मध्यपश्चिमका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार दुई सय ७५ रुपैयाँ कायम गरेको छ । रूपन्देही र नवलपरासीमा प्रतिसिलिन्डिर एक हजार तीन सय पाँच रुपैयाँ तोकिएको छ ।

देशका अन्य भागमा पुरानै मूल्य प्रतिसिलिन्डर एक हजार तीन सय २५ रुपयाँ कायम छ ।आयल निगमले तोकेको पछिल्लो मूल्यका बारेमा सर्वसाधारण अनविज्ञ छन् । नियम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख विनित उपाध्यायले माघ २० बाट लागू हुने गरी ग्यासको मूल्य ५० रुपयाँ घटाएर एक हजार दुई सय ७५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिए ।

ढुवानी भाडा र दुरीका आधारमा मूल्य समायोजन गरिएको आयल निगमको दाबी छ ।क्षेत्रीय प्रमुख उपाध्यायले मूल्य समायोजन बारेमा जिल्ला प्रशासन कार्यालयसमेत जानकारी गराइसकेको र बजारमा ग्यासको कृत्रिम अभाव भएको जानकारी आफूलाई नभएको बताए । नेपालगन्जमा भारतको मथुरा डिपोबाट तथा भैरहवामा बरौनी र मथुरा डिपोबाट ग्यास आपूर्ति हुने गरेको छ ।

निगमले घटाएको मूल्यमा बिक्रीवितरण गर्न नसक्ने भन्दै व्यवसायीले ग्यास वितरण ठप्प पारेका छन् । भेरी ग्यास उद्योग, मनकामना ग्यास उद्योग र राप्ती ग्यास उद्योगले बाँके, बर्दिया र दाङमा ग्यास वितरण गर्ने गरेका छन् भने कैलाली र कञ्चनपुरमा रोयल मल्टी लुक्स प्रालिले ग्यास वितरणको जिम्मा पाएको छ । मूल्य घटेसँगै उद्योगले बजारमा ग्यास नपठाएपछि एक हप्तादेखि ग्यासको कृत्रिम अभाव सिर्जना भएको छ ।

 एलपी ग्यासको मूल्य घटेपछि व्यवसायीद्धारा कृत्रिम अभाव सिर्जनाविगत तीन दिनदेखि त उद्योग निगमबाट ग्यास उठाउनसमेत बन्द गरेका छन् ।मनकामना ग्यास उद्योगले फाटफुट उठाए पनि अन्य उद्योगले निगमबाट ग्यास उठाएका छैनन् । मध्य र सुदूर पश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा प्रतिमहिना करिब दुई हजार पाँच सय मेट्रिक टन ग्यास खपत हुने गरेको छ । मूल्य समायोजनमा ठूलो चलखेल रहेको समेत व्यवसायीको आरोप छ ।

ग्यास उद्योगी र नियमको केन्द्रीय नेतृत्वबीच लेनदेन नमिलेका कारण गुप चुपमा मूल्य समायोजन गरिएको स्रोतले बताएको छ ।पश्चिमका चार ग्यास उद्योगले पछिल्ला दिनमा कमिसन उपलब्ध नगराएका कारण अन्य क्षेत्रभन्दा बढी मूल्य घटाइएको छ । एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले आयल निगमले हचुवाका भरमा बिना सूचना मूल्य घटाएका कारण उद्योगी आक्रोसित भएको बताए ।

उनले आयल निगमका कर्मचारीद्वारा सनकका भरमा उद्योगीको कोटासमेत कटौती गर्ने गरेको गुनासो गरे ।उनले व्यवसायीलाई भएको ग्यास निगमले तोकेकै मूल्यमा बिक्री वितरण गर्न समेत आग्रह गरेका छन् । नेपालगन्ज नाकाबाट ग्यासका बुलेट विगतमा जस्तै नियमित आइरहेका छन् । इन्फोमूल्य घटेसँगै उद्योगले बजारमा नपठाएपछि एक हप्तादेखि ग्यासको कृत्रिम अभाव सिर्जना भएको छ ।