कुटपिट गरि हत्या गरेको अभियोगमा कचनापुरका पुरण बिक पक्राउ

बाँके,माघ १-कुटपिट गरि हत्या गरेको अभियोगमा बाँकेको कचनापुर–७ बस्ने ४१ बर्षीय पुरण बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले हिजो मादक पदार्थ सेवन गरी आफ्नै पत्नी ४२ बर्षीया सिता बिकलाई हत्या गरेका प्रहरी वयानमा उल्लेख छ ।सामान्य वादविवादका कारण कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको प्रहरीले जनाएको छ ।