बिहानी अनलाईनको आज प्रथम वार्षिक उत्सव मनाईयो

जापान,साउन,३०-

बिहानी अनलाईन डटकमले आज आफ्नो प्रथम वार्षिक उत्सव जापानको फुकुओकामा मनाएको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो ।

बिहानी अनलाईनको प्रथम वार्षिक उत्सव

सोहि अवसरमा आज अनलाईनले एक वर्ष पुरा गरि दुई वर्षमा प्रवेश गरेको भन्दै वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा देश विदेशमा रहेका पाठक वर्गले अनलाईनको सफलता प्रती शुभकामना दिदै आगामी दिनमा अझ व्यापक ढङ्गबाट सत्य तथ्य सहितको समाचार सम्प्रेषण गर्न सल्लाह सुझाव सहित सबै पाठक वर्गले सहि समयमा ताजा समाचार र अन्य विभिद् कुराहरु पढ्न पाउँ भन्दै शुभेच्छा पनि प्रकट गरेका छन् ।

वार्षिक उत्सवको अवसरमा बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरले अनलाईन प्रती शुभकामना दिनुहुने र अनलाईनको काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अनलाईनको लागि समाचार संम्प्रेषण गर्न अहोरात्र रुपमा खटिएका आफ्ना सम्वाददाताहरुलाई विशेष धन्यवाद दिनुभएको छ ।

उहाँका अनुसार आज देश विदेशमा एकै पटक वार्षिक उत्सव मनाउने तयारी भएको तर देशमा केहि दिन देखी परेको अविरल वर्षाका कारण अधिकांश तराईका भुभाग डुवानमा परेको र आफ्ना सम्वाददाताहरु उद्दार कार्यमा खटिएकोले मनाउन नसकिएको र आफ्नो वार्षिक उत्सव भन्दा उद्दार कार्य नै ठुलो भएको भन्दै बाढीबाट भएको लाखौंको धनजनको क्षतीले आफु एकदमै मर्माहित भएको र बाढीपहिरोमा परि मृत्यु हुनेहरु प्रती हार्दिक श्रद्वन्जली अर्पण गर्नुभयो । साथै बाढीपिडितहरुलाई सबै तहबाट सहयोग गर्न अपिल पनी गर्नुभएको छ ।

साथै उहाँले आज बार्षिक उत्सवको अवसरमा अनलाईनको समिक्षा पनि गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा भएको त्रुटीलाई सच्याउदै ,आएको प्राप्त सल्लाह सुझावकै आधारमा अनलाईनलाई अगाडी बढाउने कुरामा जोड दिदै कृष्ण जन्माष्टमीको अवसर पारी सम्पुर्ण हिन्दु महिला नारीहरुलाई तिजको शुभकामना समेत दिनुभयो ।