बाढीले बगाएको घोराही तुलसीपुर सडक खण्ड निमार्ण हुँदै

रोशन घर्ती/

घोराही,साउन,३०-

घोराही तुलसीपुर सडक खण्डको मोतीपुरमा बाढीले बगाएको सडक निर्माणको काम भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ मोतीपुरमा सडक बाढीले कटान गर्दा तीन दिन देखि यातायातका साधनहरु चल्न सकेका छैनन् ।

सडक मर्मतका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले लागी परेको छ । लगातार र अत्यधिक मात्रामा बर्षाहुदा बाढीले सकडकै कटान गरेको हो ।

बर्षा हुने क्रम नरोकिदा सडक मर्मतमा समेत ढिलाई भएको र छिट्टै सञ्चालनमा ल्याउने गरि काम भैरहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । यसैविच अन्य खोलाहरुमा भने ठूला सवारीका साधनहरु बिस्तारै चल्न थालेका छन् ।