१३ औं साग महिला फुटबल : नेपाल संग श्रीलंका १–० गोलले पराजीत

पोखरा,मंसिर,१७-

१३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ नेपालों आफ्नो पहिलो खेलमा बिजय भएको छ ।नेपालले मंगलबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० को अन्तरले हराएको हो ।

पोखरा रंगशालामा नेपाल विरुद्ध जुझारु र रक्षात्मक प्रदर्शन गरेको श्रीलंकाले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सकेन । खेलको ८६औं मिनटमा सरु लिम्बुले नेपालका लागि एक मात्र निर्णायक गोल गरिन् ।

लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल विहीबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै सोही दिन श्रीलंकाले बलियो भारतसँग खेल्ने छ।स्मरण रहोस् गत संस्करणको नेपाल रजत पदक विजेता समेत रहेको थियो ।