१३ औं साग पुरुष फुटबल : नेपालको भुटानमाथी ४-० गोलको शानदार जित

काठमाण्डौं,मंसिर,१७-

तस्विर साभार : खेलपाटी बाट

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदारले जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितका लागी कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । यस्तै अविशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।खेलको पाँचौं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ५१ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

खेलको ६६ औं मिनेटमा अविशेकले गोल गर्दै नेपालको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा मिक्छेनले गोल गर्दै नेपाललाई ४-० को शानदार जित दिलाएका हुन् ।

जितसँगै नेपालले १ खेलमा ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ। भुटानले बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।पहिलो खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो ।राउण्ड रोबिनको आधारमा जारी पुरुषतर्फ शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो पनी पढ्नुहोस् 

१३ औं साग महिला फुटबल : नेपाल संग श्रीलंका १–० गोलले पराजीत