बाकेमा कारको ठक्करबाट स्कुटी चालक सहित एक जना गम्भीर घाइते

के-पी- घिमिरे/
नेपालगन्ज,बैशाख,२७-
बाकेको खजुरा गाउँ पालिका वाड न – ५ चाइना भटटा नजिकै मानखोला देखि नेपालगन्ज तर्फ आउदै गरेको भे -६ प – १८१६ न – को स्कुटी लाई सोही दिशा तर्फ आउदै गरेको बा १८ च १६०२ न को कारले ठक्कर दिदा स्कुटी चालक नेपालगन्ज उप महानगर पालिका १२ बस्ने वर्ष १८ का निर्मल वली सामान्य घाइते भएका छ्न भने स्कुटी पछाडी सबार नेपालगन्ज उप महानगर पालिका १२ बस्ने सरिता बुढाथोकी गम्भीर घाइते हुनु भएको छ ।

निज घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । उपचारमा सँलग्न वरिष्ठ फिजिसियन डा- सुभाष योगीका अनुसार घाइतेहरु खतरा मुक्त रहेका छन् । कार चालक जिल्ला बर्दिया गेरुवा गाउँ पालिका ६ बस्ने वर्ष ४६ का दिप नारायण श्रेष्ठले दुवै पक्षको सहमतिमा घाइतेहरुको उपचार गरि रहनु भएको प्रहरी जवान बसन्त चौधरीले बताउनुभएको छ ।