नगर प्रहरीलाई नयाँ ड्रेस

नेपालगञज बैसाख,२७-

नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई नयाँ डे«स प्रदान गरिएको छ । उपमहानगरपालिकाले आजदेखि अनिबार्य लगाउनै पर्ने गरि खैरो रंगको डे«स उपलव्ध गराएको हो ।

यस अघि नेपाल प्रहरीकै रंगसँग मिल्दो ड्रेस परिवर्तन गर्नु पर्ने सुझावलाई मध्यनजर गर्दै परिवर्तन गरिएको उपमहानगरपालिकाले जनाएको छ । निरिक्षण उपशाखा अन्तर्गत ३ जना हवल्दार र दुई जना प्रहरी जवानलाई आज नगर प्रमुख डा धवल शम्शेर राणाले आर्म व्याज लगाई दिदै जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्न निर्देशन दिनु भयो ।

उप शाखाप्रमुख तथा हवल्दार पवन कनोजीया, सुदाम सिंह, अनरिुद्र शर्मा र प्रहरी जवान चन्द्र बहादुर राना र अजय कुमार यादवलाई सर्ट, पाइन्ट, छालाको बेल्ट, सिठी कडी, नेम प्लेट आदि उपलव्ध गराइएको छ ।

ड्रेस नियमित नलगाउने समस्या रहेको नगर प्रहरीलाई अब भने अनिवार्य डे«स लगाउन निर्देशन दिइएको छ । कार्यक्रममा उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन कुमार गौतम लगायतको उपस्थिती रहेको थियो ।