नेपालटार अग्नि पीडितहरूलाइ राहत हस्तान्तरण : प्रवासी उदयपूर परिवार

मिलन मगर/

काठमाण्डौं,वैशाख,२६-

‘मानविय सेवा नै सबैभन्दा ठूलो धर्म हो’ उदयपूर घरभइ प्रवासमा रहेका नेपालीहरुले विनाशकारी आगलागिबाट बिपत परेकाहरुलाइ राहत नगत हस्तान्तरण गरी नेपालटारबासीहरु प्रति ठूलो गुन लगाएका छन्।

संघिय नेपालको पूर्वी भूगोल प्रदेश नं.१ मा पर्ने उदयपूर जिल्ला उदयपूरगढी गाँउपालिका वडा नं.१ को व्यापारिक स्थल नेपालटार बजारमा गतमहिना भिषण आग्लागि भएको थियो।उक्त घटनामा मानविय तथा ठूलो भौतिकसंरचनाको क्षती भएको थियो।

घटनामा परी स्थानिय बाटिमाया तामांग को आफ्नै घरमा बसेको अबस्थामै आगलागीमा परी जलेर मृत्युभएको थियो भने आग्लागिका कारण १३ वटा घरमा क्षती पुगेको थियो जसमध्ये ८ घर जलेर पूर्णरुपमा खरानीमा परिरणत भएको थियो।

यस विनासकारी आग्लागिबाट क्षतीग्रस्त परिवारलाइ प्रवासमा रहेका उदयपूरे हरुले रुपैया एक लाख नगदको सहयोग हस्तान्तरण गत शनिवार गरेका हुन्। उक्त राहत नगद ‘आदर्श यूवा क्लव उदयपूर,नेपालटार मार्फत पीडितलाइ हस्तान्तरण गरिएको जनसम्पर्क समिती क्युसु जापानका वर्तमान सभापति एवं प्रवासी-उदयपूर समाजका संयोजन जापानवासी डिका कार्कीले जानकारी गराएका थिए।

उक्त आग्लागी राहत अन्तर्गत उदयपूर घरभइ प्रवासमा रहेका प्रज्वल गुरुंग,सुजन कार्की,डिम्पल केसी,प्रविण परियार,मिन ब.खत्री,अनिल खड्का,शम्भु प्र.दाहाल,मनोज कटुवाल,मनोज कार्की,बाशुदेब दाहाल,रेबत कार्की,सुमेस दाहाल,अशोक शर्मा,यादव दाहाल,विश्व कार्की, दिवस कोइराला,प्रकास गिरी,सन्तोष योल्भो,सौरभ व्यान्जू

लगायतका सहयोगी हातहरुबाट अभियान परिवार को संयुक्त प्रयासमा उक्त राहत रकम प्रदान गर्न सफल भएको हौँ”-संयोजक डिका कार्की लगायत मिन ब. खत्री ,अनिल खड्का,शम्भु प्र.दाहाल, सुजन कार्की,प्रज्वल गुरुंग डिम्पल केसी लगायतका प्रवासी टिमले सामुहिक वक्तव्यमार्फत हामीलाइ जानकारी गराएका हुन्। राहत आदर्श क्लवमार्फत वितरण गरिएको थियो।

“प्रवासमा बसेता पनि आफ्नो मातृभूमीलाइ असाध्यै माया गर्ने अनि छिमेकीको पीडामा काँधहाल्ने प्रवासीहरु हाम्रो समाजको गहना हुन्,उहाँहरुको राहत अभियानमा सहभागि भइ पीडीतलाइ राहत हस्तान्तरण गर्न पाउँदा गर्वको महसुस गरेको छु”-आदर्श यूवा क्लवका अध्यक्ष राम प्र.आचार्यले हाम्रो सम्वाददातालाइ बताउनुभयो।

यसरी नै उदयपूर जिल्लाको समग्र समृद्वीमा सदैव लागि परिरहने भन्दै छिट्टै नै जिल्लाका विभिन्न विध्यालयहरुमा पुस्तकालय प्रदान गर्ने योजना तयार गर्दैरहेको कुरा अभियान संयोजक डिका कार्कीले हामीलाइ जानकारी गराउनुभएको छ।