राष्ट्रिय सभा निर्वाचन : मधेसबाट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं,माघ,११-मधेसमा राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन्।

अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी हुनु भयो।नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८ सय ५ मतभार मात्रै पाएकै हुन्।अन्य तर्फको मतदानमा ३१५ मतभार बदर भएको थियो।

त्यस्तै अल्प संख्यक तर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रंजित कर्णले ८ हजार ९३ मतभार ल्याएर विजयी हुनु भयो।

नेकपाका उम्मेदवार रामानन्दन प्रसादले १ हजार ३६१ मतभा ल्याउन सक्नुभयो।उम्मेदवारी निश्किृय पार्ने सहमति भएको जसपा नेपालका उम्मेदवार शैलेशकुमार चौधरीले समेत २ सय ७७ मतभार ल्याउनु भयो।अल्पसंख्यक तर्फ १ सय १४ मतभार बदर भएको थियो।

त्यस्तै दलित तर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभार ल्याएर विजयी हुनुभयो।नेकपाका उम्मेदवार शम्भु पासवानले १ हजार ३ सय ७६ मतभार ल्याउन सके भने जसपा नेपालका उम्मेदवार चमेलीदेवी दासले २ सय ९ मतभार ल्याउनु भयो।दलित तर्फ १ सय ८६ मतभार बदर भएको थियो।

महिला तर्फ एमालेका उम्मेदवार रेखा झा ७ हजार २सय २२ मतभार ल्याएर विजयी हुनु भएको हो।नेकपाका उम्मेदवार १ हजार ९ सय ४४ मतभार मात्रै ल्याउन सके।जसपा नेपालका उम्मेदवार चन्द्रकला देवी साहले समेत ३सय २२ मतभार पाउनु भएको थियो।महिला तर्फ ३ सय ५७ मतभार बदर भएको थियो।