नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ५ मा कांग्रेस विजयी

जुम्लामा कांग्रेसको अग्रता कायमै

नवलपरासी, जेठ १ –

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । २६ सय मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष उम्मेद्वार डम्बर जिसीले १५ सय ११ मत ल्याउनुभएको छ ।यस्तै एमालेका उम्मेद्वार लक्ष्मण पाण्डेले ९ सय ४८ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकी मिना रानाले १५ सय ११ तथा एमाले उम्मेद्वार तारा बिकले ९ सय ५१ मत ल्याउनुभएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

 यता जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता पाएको छ । ३६३ मत गणना सकिदा कांग्रेसमा प्रमुख उम्मेद्वार कान्तिका सेजुवालले १४५ तथा उपप्रमुख जगतबहादुर खत्रीले १०३ मत पाउनु भएको छ ।

नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले ३८ तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले ३७ र नेकपा माओवादी

केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले १२३ तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यौपानेले ११५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।  ujyalloonline bata share news