शीर्ष नेताविरुद्ध बागी उम्मेदवार

काठमाडौं,कार्तिक,१७-

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ -१ मा कांग्रेसका पूर्वसहमहामन्त्री जोशी बागीका रुपमा खडा भएका हुन् । आजको नागरिकमा खबर छ ।