नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै , प्रेस युनियनद्वारा तालाबन्दी

बाँके,मंसिर २० –नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै आज संघको कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघले एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस युनियन बाँकेले आज तालाबन्दी गरेको हो । कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई कुनै वास्ता नगरि बहुमतको आडमा राम्रा लाई भन्दा आफ्नालाई महासंघको सदस्यमा सिफारिस गरेको प्रती प्रेस युनियन बाँकेले असहमती जनाएको हो ।

tala-bandhi-photo-5-1024x768आज नेपाल प्रेस युनियन बाँकेको भेलाले व्यवसायिक पत्रकारहरुको छाता संगठनलाई महासंघको नेतृत्वले कुनै अमूक पार्टीको भातृ संगठन बनाउन खोजेको निष्कर्ष निकालेको छ ।सदस्यता सिफारिसबारे धारणा सार्वजनिक गर्न महासंघ नेतृत्वलाई दिएको दुई दिने अल्टिमेटम सकिँदा पनि कुनै प्रतिक्रिया नआएपछि युनियनले बाध्य भएर महासंघमा तालाबन्दी गरेको अध्यक्ष जयनारायण शाहले जानकारी  दिनुभयो ।यसैगरी सदस्यता सिफारिसमा पूर्वअध्यक्षहरुले जारी गरेको विज्ञप्तीप्रति सामाजिक सञ्जालमा एमाले बाँकेका उपसचिव प्रमोदकुमार धितालले गरेको टिप्पणीको समेत भेलाले भत्र्सना गर्दै अब जस्तो सुकै परिस्थीतीमा पनि अडिक भएर जाने निष्कर्ष निकालेको छ ।