सडकमा गजल बाचन सम्पन्न

इन्द्र कार्की
कैलाली,मंसिर २० –गजल वाचन भन्ने वित्तीकै कुनै भव्य सभा समारोह वा स्टेज सम्झनु भयोहोला । तर धनगढीमा भने यसपटक फरक शैलीमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । न त कुनै झकिझकाउ स्टेज अनी साधारण शैलीमा धनगढीको पार्क रोडको सडक छेउमा गजल वाचन कार्यक्रमको आयोजना गरिएको हो ।साहित्यको एक महत्वपुर्ण विधा गजल बारे धेरै युवा अञ्जान रहेकाले गजल बारे सडकबाटै जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको गजल बक्ताहरुले बताएका छन् ।

Gajal programmeविभिन्न क्षेत्रमा आवद्ध साहित्य गजल प्रेमीयुवाहरुको सक्रियतामा कार्यक्रमको आयोजना गरिएको थियो । सडकमा आउ जाउ गरिरहेका व्यक्तीहरुको सहभागिता रहेको कार्यक्रममा गजल वक्ताहरुले समसामयीक,राजनीतीक,सामाजीक र माया प्रेम सम्बन्धी चोटिला गजल वचन गरिका थिए ।गजल वाचन कार्यक्रम करिव २ घण्टा सम्म चलेको थियो ।

Gajal programme