नेपालगंजमा पनि अब बाजा नेपाल

नेपालगन्ज,जेष्ठ ,२३-


काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ ।
काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो ।

दुवै संस्थाले नेपालगंज क्षेत्रका बाजा बजाउन जान्ने संगीतकर्मीलाई बाजा नेपाल को अनलाइन प्ल्याटफर्ममा संगठीत गर्ने भनि सम्झौता गरेका छन् । बाजा नेपाल का तर्फबाट अध्यक्ष सुदर्शन जि सी र उडान नेपालका तर्फबाट अध्यक्ष जनक थापा बीच सम्झौता भएको हो ।

उक्त कार्यबाट सिप भएर पनि बेरोजगार हुन बाध्य भएका युबाहरुलाई ठुलो सहयोग पुग्ने आशा गरिएको छ । यसअघि बाजा नेपाल र उडान नेपालले नेपाल टुरिजम बोर्डको सहकार्यमा सांगीतिक कार्यक्रम आयोजना गरेका थिए। “बाजा नेपालको सदस्य बन्न कुनै पैसा लाग्दैन । नाम र सम्पर्क विवरण भए पुग्छ ।” अध्यक्ष जनक थापाले जानकारी दिए ।