सामाजिक तथा धार्मिक सदभाव भएको गाउँपालिका बनाउन चाहन्छु : कक्षपति

खजुरा ,जेष्ठ,२३-


बाँकेको खजुरामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरुको सहभागितमा सम्पन्न कार्यक्रमा धार्मिक सदभावका कारण समाजमा आत्मियता बढेको भन्दै चर्चा गरिएको थियो । मोल्बी आकिल अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का सभासद बाबुराम गौतमले सबै धर्मले सदभाव कायम गर्न सहयोग पुगेको बताए ।


सभासद गौतमले सामाजिक र धार्मिक सदभावले नै दिगो विकासमा सहयोग पुग्ने वताएका थिए ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सामुदायिक शान्ति र सदभावका लागि धार्मिक तथा साांस्कृतिक चाडपर्वहरुमा सबैले अपनत्वहुनेगरी पर्व मनाउनुपर्ने बताए ।

खजुरामा सबैले एकअर्काको धर्म चाडपर्वलाई हर्सउल्सासका साथ मनाउने गरेको गाउँपालिका अध्यक्ष कक्षपतिले बताए । कक्षपतिले सामाजिकन्याय र सामुदायिक सुशासनका लागि जनजागरण समाज र शान्ति परिषद्ले प्रभावकारी काम गरेको वताउदै खजुराको मुस्लिम मधेशी समुदायमा शिक्षा र चेतनाको स्तर अभिबृद्धि गर्नुपर्ने भएकोले यस कार्यमा सहयोग गरे सामुदायिक शान्ति स्थापना हुने वताए ।

खजुरा गाउँपालिकामा सामाजिक, धार्मिक र साम्प्रदायिक सदभाव भएको गाउँपालिका वनाउन चाहेको कक्षपतिले बताए । खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया वि.क.ले दुखी, गरिव र पिडितलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म भएकोले परोकापकारी काम गर्न सबैमा आग्रह गरीन । सामुदायिकशान्ति र सद्भावअभिबृद्धि गर्नका लागि यस कार्यले सहयोग पुग्ने उपाध्यक्ष विकले विश्वास व्यक्त गरिन ।

शुभकामना दिने बक्ताहरुले कसैको पनि धर्मले भेदभावको कुरा नगरेको बताएका थिए । कार्यक्रममा सहभागि मुस्लिम अगुवाहरुले पहिले ईदुलफित्रको अवसरमा मुस्लिम समुदायमा मात्र शुभकामना आदान प्रदान गर्दै आएको भएपनि अहिले सबै धर्मालम्बीहरुको सहभागितामा हर्ष र खुशीयाली बाँड्दै पर्व मनाउन पाउदा आफुहरु हर्सित भएको बताएका थिए ।

प्रदेश नं. ५ को क्षेत्रियप्रहरी गणका प्रमुख बीरवहादुर वलीले जीवन र जगतलाई बुझ्न सक्नु नै धर्म भएकाले घरपरिवार र सामाजमा शान्ति कायम गर्नका लागि परिवार र समाजमा सहि ढंगले शिक्षा दिन जरुरी भएको वताएका थिए । प्रहरी प्रमुख वलिले सामाजिक न्यायकालागि समुदाय र प्रहरी प्रशासन मिलेर काम गर्न सकेमा दिगो शान्तिआउन सक्ने बताए ।

धार्मिक चाडपर्वहरुमा सबैको सहभागिता अरुको लागि नयाँभएको उनले वताए । दिगो विकासका लागि सामुदायिक शान्तिकार्यक्रम अन्तरगत सामाजिक सदभावका लागि फेल्म नेपाल र संस्थागत विकास संजालको आर्थिक सहयोगमा जन जागरण समाज खजुराले काम गर्दे आएको छ ।

शुभकामना कार्यक्रममा सबै धर्म मान्ने हरुको सहभागिता रहेको जन जागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले बताए ।