साफ यू-२० : आज नेपालले श्रीलंकाको सामान गर्ने

खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुने

साफ यू-२० : श्रीलंकासँग खेल्दै नेपालभुवनेश्वर,साउन,११-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्दैछ ।

नेपालले र श्रीलंकाबिचको शेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ।सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

हेडटु हेड नेपाललाई श्रीलंकाविरुद्ध जित  निकाल्न सहज भएपनी तर  नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।

नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।