प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौं : पदम गिरी

काठमाडौं,असार,२५-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनुभएको छ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले यस्तो बताउनुभएको हो।

उहाँले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताउनुभयो।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले गहिराईमा गएर जवाफ दिन भने नसकेको बताउनुभयो।प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको बताउनुभयो।