प्रधानमन्त्रीमाथि चलाइएका भ्रमहरु साफ भएर सत्य स्थापित भएको छ : सांसद दाहाल

काठमाडौं,असार,२५-नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताउनुभएको हो।

सांसद दाहालले निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको बताउनुभयो।आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भुमिकालाई इमान्दार भएर निर्वाह गर्नुपर्ने प्रधानन्त्रीको अभिव्यक्तिलाई सोमबारको बैठकमा सबैले महशुस गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

उहाँले संसद अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पार्नुभयो।

सांसद दाहालले सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा सरकारले कसैसँग कुनै खालको सम्झौता नगर्ने बताउनुभयो।