आयोगको चुनाव सामाग्रीमा महिलामाथि अपमान

काठमाडौ,जेठ, २८-

निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसुचित गराउन छापेको मैथली भाषाको जानकारी पुस्तिकामा  महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ ।

आयोगद्धारा मैथलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ।

मिथिला नाट्यकला परिषदका पुर्वअध्यक्ष सुनील मिश्रले ‘जनानी’ शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताउनु भयो । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खवर छ ।